शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

घट्यो डिजेल र पेट्रोलको मूल्य

images
बिहीबार , मंसिर १४ २०८०
images
घट्यो डिजेल र पेट्रोलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो।

images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो।

images
images
images

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य समायोजन गरेको जनाएको छ।

images
images

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ। अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।

images
images

तर आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ।

पछिल्लो समय भारतबाट इन्धनको मूल्य निरन्तर घटेर आएको भएपनि निगमले बिहीबार बल्ल मूल्य समायोजन गरेको हो।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८०१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend