सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटाको म्याक्सचेञ्ज मेला : जुनसकै ब्रान्डको गाडी ल्याएर नेक्सन म्याक्स ईभी लैजान सकिने, यस्ता छन् सुविधा 

बिहीबार , मंसिर १४ २०८०
टाटाको म्याक्सचेञ्ज मेला : जुनसकै ब्रान्डको गाडी ल्याएर नेक्सन म्याक्स ईभी लैजान सकिने, यस्ता छन् सुविधा 

टाटा मोटर्स म्याक्सचेन्ज मेला यही कात्तिक १५ गतेदेखि १७ गतेसम्म काठमाडौं, भक्तपुरलगायत नेपाल भरी टाटा मोटर्सको शोरुमहरुमा हुनेछ। 

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेन्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ। 

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससँग साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

टाटा मोटर्स म्याक्सचेन्ज मेला यही कात्तिक १५ गतेदेखि १७ गतेसम्म काठमाडौं, भक्तपुरलगायत नेपालभरि टाटा मोटर्सको शोरुमहरुमा हुनेछ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ। साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्ने छन्। साथै नयाँ गाडी खरिद गरी मेलाको भरपुर फाइदा उठाउन सकिने सिप्रदीले जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend