सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

बिहीबार , मंसिर १४ २०८०
सुनचाँदीको मूल्य स्थिर

बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ।

काठमाडौं- नेपाली बजारमा यो साता लगातार बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ। बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख १९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७ सय ५० रूपैयाँ तोकिएको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यो साता सोमबार र मंगलबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। आइतबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार पाँच सय, मंगलबार तीन सयले बढेको थियो भने बुधबार एकैदिन प्रतितोला १६ सय रूपैयाँले वृद्धि भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर छ। बुधबार तोलामा २० रूपैयाँले बढेर प्रतितोला १५ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर १४ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend