शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

images
बुधबार, मंसिर १३ २०८०
images
इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई-भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले जनाएको छ।

images
images

काठमाडौं- नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ।

images
images
images

इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई-भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले जनाएको छ।

images
images

दूतावासले एक सर्कुलर जारी गर्दै भिसासम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ। ई-भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई-भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ। 

images
images

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन अराइभलका लागि पहल भइराखेको जनाउँदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागु भएको जानकारी दिए।


प्रकाशित : बुधबार, मंसिर १३ २०८००७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend