सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य तोलाकै एक लाख १९ हजार नाघ्यो, आज एकैदिन १६ सयको वृद्धि

बुधबार, मंसिर १३ २०८०
सुनको मूल्य तोलाकै एक लाख १९ हजार नाघ्यो, आज एकैदिन १६ सयको वृद्धि

बुधबार प्रतितोला १६ सय रूपैयाँले बढेर सुनको मूल्य तोलाकै एक लाख १९ हजार रूपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा यो साता सुनको मूल्य लगातार बढिरहेको छ। बुधबार प्रतितोला १६ सय रूपैयाँले बढेर सुनको मूल्य तोलाकै एक लाख १९ हजार रूपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार र मंगलबार पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो।

यो साता आइतबार तोलामा ६ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय रूपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ३ सय ५० रूपैयाँ कायम थियो।

सोमबार तोलामा पाँच सय रूपैयाँले वृद्धि भइ हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख एक लाख १७ हजार ७ सय रूपैयाँ कायम थियो।

आज चाँदीको मूल्य पनि १५ सय नाघेको छ। महासंघका अनुसार मंगलबार स्थिर रहेको चाँदी आज प्रतितोला २० रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय २० रूपैयाँमा कारोबार भइरेहको छ।


प्रकाशित : बुधबार, मंसिर १३ २०८००६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend