सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वित्तीय चेतना अभिवृद्धि गर्न एभरेष्ट बैंकद्वारा पाँच भिडियो निर्माण

मंगलबार, मंसिर १२ २०८०
वित्तीय चेतना अभिवृद्धि गर्न एभरेष्ट बैंकद्वारा पाँच भिडियो निर्माण

काठमाडौं- एभरेष्ट बैंकले डिजिटल साक्षरताअन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ। 

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ भिडियो निर्माण गरिएको बैंकले जनाएको छ। निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमबद्धरुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए। 

उक्त भिडियोहरुमा मोबाइल बैंकिङको प्रयोग, धारा-बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोगसम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकको विश्वास छ।

साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात गरिएको जानकारी समेत गराएको छ।


प्रकाशित : मंगलबार, मंसिर १२ २०८००८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend