सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित

सोमबार, मंसिर ११ २०८०
छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरे।

काठमाडौं- छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङ प्रालि सम्मानित भएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरुमध्ये आव २०७९/८० मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ उत्कृष्ट हुन सफल भएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरे।

सिप्रदी ट्रेडिङ अटोमेटिभ, इनर्जी, लुब्रिकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा अगाडि बढिरहेको कम्पनी हो। साथै एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरलगायतको पनि वितरक हो।

 


प्रकाशित : सोमबार, मंसिर ११ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend