सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी स्वस्तिक बगैँचा'को मर्मत गर्ने

सोमबार, मंसिर ११ २०८०
महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी स्वस्तिक बगैँचा'को मर्मत गर्ने

बैंकले २०७७ सालमा बगैँचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ। 

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ।

बैंकले बगैँचा मर्मतका लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति दिलाउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि सो सम्झौता गरेको हो।

बैंकले २०७७ सालमा बगैँचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ। बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पुर्‍याउने हेतुले क्यूआर कोडको व्यवस्थासमेत गरेको छ।

महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका थिए।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ। बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। 


प्रकाशित : सोमबार, मंसिर ११ २०८०११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend