शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महानायक राजेश हमाल अब 'जिपलाइफ'मा, किने जिप कम्पास

‘म खुशी छु आज मैले जिप किनेँ’

बिहीबार , मंसिर ९ २०७८
महानायक राजेश हमाल अब 'जिपलाइफ'मा, किने जिप कम्पास

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको छु। म त्यसको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ'

काठमाडौं- महानायक राजेश हमालले जिप कम्पास किनेका छन्। महानायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका हुन्।  

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका महानायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। 

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको छु। म त्यसको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुशी छु आज मैले जिप किनेँ।’

केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ। यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लू लाइफले गरेको छ। 

jeep rajes dai.jpg

‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौँ।’

नयाँ कम्पासमा जिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ। र सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ। 

नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend