शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौं-नयाँ दिल्लीको हवाई भाडा आकाशियो, १५ दिनमा बढ्यो चार गुणा 

सोमबार, मंसिर ११ २०८०
काठमाडौं-नयाँ दिल्लीको हवाई भाडा आकाशियो, १५ दिनमा बढ्यो चार गुणा 

काठमाडौं-नयाँ दिल्ली-काठमाडौं रुटमा नेपाल एयरलाइन्स, भिस्तार एयर, इन्डिगो र एयर इन्डियाले उडान गर्दै आएका छन्। 

काठमाडौं- काठमाडौं-नयाँ दिल्ली रुटमा हवाई भाडा आकाशिएको छ। काठमाडौंमा हुने अन्तर्राष्ट्रिय उडान गन्तव्यमा सबैभन्दा नजिक र सस्तोमध्येमा पर्ने दिल्लीमै भाडा ६२ हजार रुपैयाँसम्म पुगेको छ। 

काठमाडौं-नयाँ दिल्ली उडान गर्ने सबै एयरलाइन्सको भाडा आकाशिएको हो। भोलिका लागि टिकटको अधिकतम मूल्य ६२ हजार रुपैयाँसम्म पुगेको छ। 

सबैभन्दा सस्तोमा नेपाल एयरलाइन्सकै भाडा ५१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै इन्डिगोको भाडा ६२  हजार रुपैयाँ पुगेको छ। भोलिका लागि एयर इन्डियाको उडान तालिका देखाइएको छ। 

नेपाल एयरलाइन्सको उडान संख्या घटेको, एयर इन्डियाको उडान नियमित नभएको र यही समयमा यात्रुको चाप बढेकाले भाडा आकाशिएको हो। 

दुई हप्ताअगाडि एकतर्फी भाडा १३ हजार रुपैयाँ रहेको थियो। तर पछिल्लो दुई हप्तामा भाडा बढेर ६० हजार नाघेको छ। 

काठमाडौं-नयाँ दिल्ली-काठमाडौं रुटमा नेपाल एयरलाइन्स, भिस्तार एयर, इन्डिगो, भुटान एयर र एयर इन्डियाले उडान गर्दै आएका छन्।

नेपालको हिमालय एयरलाइन्सले उडान अनुमति माग्दा पनि पाएको छैन। यो रुटमा नेपाल एयरलाइन्सको उपस्थिति कमजोर हुनेवित्तिकै भाडा आकाशिने गरेको छ। 


प्रकाशित : सोमबार, मंसिर ११ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend