सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शिवम् सन्देश : घर बनाउन लागेकालाई हुनसक्छ उपयोगी जानकारी

सोमबार, मंसिर ११ २०८०
शिवम् सन्देश : घर बनाउन लागेकालाई हुनसक्छ उपयोगी जानकारी

काठमाडौं- तपाईं घर बनाउँदै हुनुहुन्छ या घर बनाउने सोचमा हुनुहुन्छ भने सिमेन्टका बारेमा जानकारी लिनु निकै महत्वपूर्ण छ। 

घर बनाउने सपना पूरा गर्न जीवनको ठूलो हिस्सा खर्चन्छौँ। वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजनाअनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना हुन्छ नै। त्यसमा सिमेन्टसम्बन्धी जानकारी आवश्यकता पनि हो। 

यसैले व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ। यसका लागि ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट पुरस्कृत सिमेन्ट कम्पनी शिवम् सिमेन्टले 'शिवम् सन्देश' लिएर आएको छ। 

'शिवम् सन्देश' गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह रहेको बताइएको छ। यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ। 

घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरि गर्ने? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने? जस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको 'शिवम् सन्देश'ले 'भरोसा अटुट सम्बन्धको' भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्‍याएको उद्योगको विश्वास छ। 

भूकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरूको जनबोलीमा दिइएका सल्लाह र सुझावहरू 'शिवम् सन्देश'मा समेटिएका छन्। 

सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको जनाएको छ।

निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले ल्याएको 'शिवम् सन्देश' उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण रहेको जनाएको छ। शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ। 


प्रकाशित : सोमबार, मंसिर ११ २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend