सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो

सोमबार, मंसिर ११ २०८०
सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो

चाँदीको मूल्य आज प्रतितोला १५ सय रूपैयाँ कायम छ।

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार तोलामा पाँच सय रूपैयाँले बढेर उच्च बिन्दुमा पुगेको सुनको मूल्यले यसअघि गएको कात्तिक १२ गतेको रेकर्ड ब्रेक गरेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ८ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

कात्तिक १२ मा सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पुगेर नयाँ रेकर्ड कायम भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला १५ सय रूपैयाँ कायम छ। आइतबार तोलामा ३५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला १५ रूपैयाँले बढेको महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, मंसिर ११ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend