शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दीगो ग्रुपले सार्वजनिक गर्‍यो पहिलो विद्युतीय पिकअप जेएसी ई-टी ८

बिहीबार , मंसिर ९ २०७८
दीगो ग्रुपले सार्वजनिक गर्‍यो पहिलो विद्युतीय पिकअप जेएसी ई-टी ८

यो पिकअपमा ६७.२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री रहेको छ।

काठमाडौं- नेपालमा विद्युतीय सवारी बिक्री क्रमिक रुपमा बढ्दै गइरहेको छ। योसँगै नयाँ नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक हुने क्रम पनि बढेको छ। यस्तैमा पछिल्लो पटक दीगो ग्रुपले जेएसी ब्रान्डको ई-टी ८ पिकअप सार्वजनिक गरेको हो। यो नेपालमा सार्वजनिक भएको पहिलो विद्युतीय पिकअप हो। 

यो पिकअपमा ६७.२ किलोवाट आवरको लिथियम आयन फस्फेट ब्याट्री रहेको छ। त्यस्तै जेएसी ई-टी ८ पिकअपमा भएको मोटरको पिक पावर १ सय १० किलोवाट रहेको छ। यो पिकअपमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जरमार्फत २ घण्टामा फुल चार्ज गर्न सकिन्छ। त्यस्तै एसी चार्जरमार्फत फुल चार्ज गर्न भने करिब १६ घण्टा लाग्ने कम्पनीले जनाएको छ। 

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको यो पिकअपले सिंगल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने छ। इलेक्ट्रो हाइड्रोलिक पावर स्टेयरिङ, ब्रेक ओभरराइड सिस्टमलगायत विशेषता उपलब्ध ई-टी८ पिकअपमा १ सय ९७ एमएमको ग्राउन्ड क्लियरेन्स र ७ मिटरको टर्निङ रेडियस छ।

jac dt.jpg

जेएसी ई-टी ८ को अधिकतम् गति ९० किलोमिटर प्रतिघण्टासम्म रहेको छ। यो पिकअपमा हेडरेस्ट सहितका सिट उपलब्ध छन्।

डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रिभर्स क्यामेरा सहितको इन्फोटेनमेन्ट सिस्टम, सेन्ट्रल डोर लकिङ, डायमन्ड कट ड्युअल टोन अलोय ह्विल, ओआरभीएम सहित साइड इन्डिकेटर, एबीएस, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, हेडल्याम्प लेभलिङलगायत अत्याधुनिक विशेषता यो पिकअपमा उपलब्ध छ।

बुधबार सार्वजनिक गरिएको जेएसी ई-टी ८ विद्युतीय पिकअपको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ। यो पिकअप वातावरणसँग सम्बन्धि संघसंस्था, ठूला निर्माण कम्पनीलगायतले प्रयोग गर्ने अपेक्षा कम्पनीले गरेको छ।  


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend