सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सीजी मोटर्सले सञ्चालनमा ल्यायो तीन नयाँ शोरुम

सोमबार, मंसिर ११ २०८०
सीजी मोटर्सले सञ्चालनमा ल्यायो तीन नयाँ शोरुम

शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस सेन्टर पनि छिटै सञ्चालनमा आउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं- सीजी मोटर्सले विभिन्न स्थानमा तीन नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। चिनियाँ प्यासेन्जर र कमर्सियल विद्युतीय सवारी बिक्री गर्दै आएको सीजी मोटर्सले नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको हो। 

विद्युतीय कार निटा भी , ११ सिटर केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लङ भ्यानको अधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकहरुको सहजताको लागि तीन स्थानहरुमा नयाँ शोरुम खोलेको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगञ्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले शोरुम सन्चालनमा लिएर आएका हुन्। 

शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस सेन्टर पनि छिटै सञ्चालनमा आउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सीजी मोटर्सले बिक्री गर्ने निटा भी ३८० किमिको रेन्जले गर्दा ग्राहकहरुको रोजाइमा रहेको कम्पनीको दाबी छ। १ सय ७० एमएम ग्रोउन्ड क्लियरेनस भएको निटा भीमा ८ वर्ष अथवा १ लाख ५० हजार किमि वारेन्टी रहेको छ। 

Birtamode.jpeg

साथै राम्रो बिक्री हुने विद्युतीय भ्यान सीजी केवाईसी तथा किङ्लङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री गर्दै आइरहेको छ।

कम्पनीले चाँडैनै विराटनगर, लाहान, हेटौँडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा विस्तारित नयाँ शोरुमसहित सर्भिसको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ।


प्रकाशित : सोमबार, मंसिर ११ २०८००४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend