सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमा कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल जित्न सकिने

आइतबार, मंसिर १० २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोबाइल बैंकिङमा कनेक्ट आईपीएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल जित्न सकिने

कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार दुई लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि 'फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा' अफर सार्वजनिक गरेको छ।

सो अफरअन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्मार्ट एपबाट कनेक्ट आईपीएस छनोट गरी फण्ड ट्रान्सफर गर्दा १-१ थान स्मार्टफोन जित्न सक्नेछन् । 

सो अफर मंसिर १० देखि पुस ९ सम्म लागु हुनेछ। एनआईएमबि एपमा उपलब्ध कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गर्ने बताइएको छ। सोको जानकारी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन हुनेछ।

फण्ड ट्रान्सफर गर्नका लागि आफ्नो एनआईएमबि एपमा लगइन गरी फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ। मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो।

भुक्तानी तथा ट्रान्सफरका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ। कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न छुट्टै रजिष्टर गर्न आवश्यक नभएको बैंकले जनाएको छ।

एनआईएमबिमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार दुई लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, मंसिर १० २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend