सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध 

आइतबार, मंसिर १० २०८०
लिबर्टी माइक्रो लाईफ पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध 

लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड पनि अब नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ। 

काठमाडौं- लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड पनि अब नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ। 

आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न लिबर्टी माइक्रो लाईफ एनपीएसमा आबद्ध भएको हो।

लिबर्टी माइक्रो लाईफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

उक्त सम्झौतापश्चात् लिबर्टी माइक्रो लाईफ एनपीआईमा आबद्ध पाँचौ माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी हुनेछ। यसअन्तर्गत लिबर्टी माइक्रो लाईफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ। 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर-बैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीआईअन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन्।


प्रकाशित : आइतबार, मंसिर १० २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend