शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

चुँदी खोलाको झोलुंगे पुलले सजिलो बन्यो यात्रा

images
आइतबार, मंसिर १० २०८०
images
चुँदी खोलाको झोलुंगे पुलले सजिलो बन्यो यात्रा
फाइल तस्बिर

पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएका छन्।

images
images

डुम्रे- तनहुँको भानु नगरपालिका-४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुंगे पुल निर्माण गरिएको छ। लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो।

images
images
images

उक्त पुलको लम्बाइ ७४ मिटर रहेको पञ्चनगर माझडिही झोलुंगे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले जानकारी दिए। उनका अनुसार उक्त पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएका छन्। 

images
images

संघीय सरकारको ५९ लाख ८५ हजार छ सय छ र भानु नगरपालिकाको तीन लाख ५९ हजार एक सय ३६ रूपैयाँको लागतमा उक्त झोलुंगे पुल निर्माण गरिएको उक्त समितिका समितिका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए।

images
images

उक्त पुल निर्माणका लागि विसं २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएर २०७९ चैत १५ गते सम्पन्न भएको थियो। स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्था अन्त्य भएको बताए। उनले भने, 'झोलुंगे पुल बनेपछि बाटो छोटिएको छ। घुमाउरो बाटो जानुपर्थ्यो। अब सजिलो भएको छ। खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो।'

उक्त पुल आज सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुविधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेका बताए। उनले भने, 'सबै आवश्यकता एकैपटकमा समाधान हुँदैन। आवश्यकताको प्रकृतिअनुसार क्रमशः पूरा हुन्छ।' 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिएका थिए। रासस


प्रकाशित : आइतबार, मंसिर १० २०८००८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend