शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विश्वका १० ठूला कफी आयात र निर्यातकर्ता देश, नेपालले कति गर्छ आयात?

images
आइतबार, मंसिर १० २०८०
images
विश्वका १० ठूला कफी आयात र निर्यातकर्ता देश, नेपालले कति गर्छ आयात?

आर्थिक वर्ष २०७२/७३ मा आयात र निर्यात हुने कफीको परिमाण करिब बराबर थियो। धेरै कफी निर्यात गर्नेमा दोस्रो स्थानमा भियतनाम रहेको छ। भियतनामले २०१९ मा १४ लाख ४० हजार टन कफी निर्यात गरेको र उसको हिस्सा १८.९ प्रतिशत रहेको छ। 

images
images

काठमाडौं- विश्वभर निर्यात हुने कफीमध्ये ८४ प्रतिशत १० वटा देशबाट निर्यात हुने गरेको छ। संसारको सबैभन्दा धेरै कफी निर्यातकर्ता ब्राजिल हो भने धेरै आयातकर्ता मुलुक अमेरिका हो। 

images
images
images

कफी पिउने प्रचलन संसारभर बढ्दै गइरहेको छ। त्यसैले यसको खेती गर्ने क्रमपनि बढेको छ। 

images
images

रिसोर्सट्रेड डटअर्थले २०१९ मा अनरोस्टेड र नन डिक्याफिनेटेड कफी विन्स कुन देशले कति आयात र निर्यात गरेको थियो भन्ने तथ्यांकका आधामा भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। २०१९ मा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देशमा ब्राजिल, भियतनाम र कोलम्बिया रहेका छन्। सो वर्षको कुल निर्यातमा ब्राजिल एक्लैको हिस्सा २८.९ प्रतिशत रहेको छ। 

images
images

यी हुन् १० धेरै कफी निर्यात गर्ने मुलुक 

सबैभन्दा धेरै कफी निर्यात गर्नेे देश ब्राजिलले २०१९ मा २२ लाख टक निर्यात गरेको छ। यो विश्वको कुल निर्यातको २८.९ प्रतिशत हो। 

धेरै कफी निर्यात गर्नेमा दोस्रो स्थानमा भियतनाम रहेको छ। भियतनामले २०१९ मा १४ लाख ४० हजार टन कफी निर्यात गरेको र उसको हिस्सा १८.९ प्रतिशत रहेको छ। 

त्यस्तै तेस्रो स्थानमा रहेको कोलोम्बियाले ७ लाख ७० हजार टन, चौथो स्थानमा रहेको होन्डुरनले ४ लाख ४० हजार टन, पाँचौँ स्थानमा रहेको इन्डोनेसियाले ३ लाख ४० हजार टन कफी निर्यात गरेको थियो। 

त्यसैगरि छैटौँ स्थानमा रहेको युगान्डाले २०१९ मा २ लाख ६० हजार टन निर्यात गर्दा सातौँ स्थानमा रहेको इथियोपिया २ लाख ५० हजार टन कफी निर्यात गरेको थियो। आठौँ स्थानमा रहेको पेरुले २ लाख ३० हजार टन र नवौँ स्थानमा नेपालको छिमेकी देश भारतले पनि २०१९ मा २ लाख ३० हजार टन कफी निर्यात गरेको थियो।

दशौँ स्थानमा रहेको ग्वाटेमालाले २०१९ मा २ लाख २० हजार टन कफी निर्यात गरेको थियो। 

सबैभन्दा धेरै कफी विन आयात गर्ने १० देश

२०१९ मा अमेरिकाले सबैभन्दा धेरै कफी आयात गरेको छ। उसले सो वर्ष १७ लाख ७० हजार टन कफी आयात गरेको थियो। यो विश्वमा हुने कुल कफी आयातको १९.३ प्रतिशत हो। 

दोस्रो धेरै कफी आयात गर्ने मुलुक जर्मनी हो। २०१९ मा जर्मनीले १० लाख ८० हजार टन कफी आयात गरेको थियो। यो कुल आयातको १४.२ प्रतिशत हो। 

२०१९ मा तेस्रो धेरै कफी आयात गर्ने मुलुक इटलीले ६ लाख ३० हजार टन, चोथोमा रहेको जापानले ४ लाख ३० हजार टन, पाँचौँमा रहेको बेल्जियमले ३ लाख १० हजार टन कफी आयात गरेको तथ्यांक छ। 

छैटौँ धेरै कफी आयात गर्ने देश स्पेनले २०१९ मा २ लाख ९० हजार टन आयात गर्दा सातौँमा रहेको फ्रान्सले २ लाख १० हजार टन कफी आयात गरेको थियो। 

त्यसैगरि आठौँ स्थानमा रहेको क्यानडाले २ लाख टन, नवौँमा रहेको बेलायतले १ लाख ८० हजार टन र दशौँ स्थानमा रहेको रसिया क्षेत्रका देशले १ लाख ८० हजार टन नै कफी आयात गरेका थिए। 

विश्वका बाँकी देशले २०१९ मा २३ लाख ६० हजार टन कफी आयात गरेको थियो। यो १० देश बाहेक बाँकी विश्वले आयात गरेको उक्त कफीको ३४.७ प्रतिशत हिस्सा हो। 

नेपालको कफी आयात र निर्यात

एक वर्षकै कफीको आयात करिब ८० प्रतिशतले बढेको छ। अर्थात् २०७८/७९ मा नेपालमा २७९ टन कफी आयात भएको थियो। त्यसपछिको वर्ष २०७९/८० मा ४ सय ५० टन कफी आयात भएको हो। आन्तरिक उत्पादन स्थिर हुँदा बजारमा माग बढेपछि आयात बढेको हो। 

आर्थिक वर्ष २०७२/७३ मा आयात र निर्यात हुने कफीको परिमाण करिब बराबर थियो। २०७४/७५ मा कफीको आयात १ सय ६३ टन थियो। जुन २०७९/८० मा बढेर ४ सय ५० टन पुगेको थियो। यो बीचमा उत्पादन भने उल्टो घटेको छ। अर्थात् २०७४/७५ मा ४ सय ७५ टन उत्पादन भएको थियो भने २०७९/८० मा ३ सय ९१ टनमा सीमित भएको छ। 

८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढिरहेको छ। प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ। खेती प्रणालीको विरासतको निरन्तरतामै सीमित भएको छ कफीको उत्पादन। बजार विस्तार हुँदै जाँदा त्यसको मार मुलुकको व्यापारले खेप्नु परेको छ। 


प्रकाशित : आइतबार, मंसिर १० २०८००१:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend