आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

खेतीयोग्य बाँझो जग्गामा व्यावसायिक खेती गर्न अनुदान

images
शनिबार, मंसिर ९ २०८०
images
खेतीयोग्य बाँझो जग्गामा व्यावसायिक खेती गर्न अनुदान

'पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ।'

images
images

सुदूरपश्चिम- बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले जग्गाको भाडामा अनुदान दिन लागेको छ।

images
images
images

जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो। बाँझो रहेको जग्गामा खेती गर्न चाहनेलाई तोकिएको वार्षिक भाडा रकममा अनुदान दिन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए।

images
images

हाललाई व्यक्तिगत बाँझो जग्गा नभइ बाँझो रहेको सरकारी र सार्वजनिक जग्गामा यो कार्यक्रम कैलालीसहित प्रदेशका सबै जिल्लामा कार्यान्वयन हुन लागेको छ। शर्माले भने, 'पहिलो वर्षका लागि तोकिने जग्गाको भाडा रकममा विपन्न किसानको हकमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था छ, विपन्नबाहेक अन्यको हकमा तोकिने भाडा रकमको ५० प्रतिशत भाडा रकम अनुदान दिने व्यवस्था छ।'

images
images

जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेले पहिलो वर्ष पाउने अनुदान रकम दोस्रो वर्षदेखि क्रमशःघट्दै जाने बताइएको छ। समुदाय, कृषि सहकारी, व्यक्ति, फर्म, उद्यमीले यो कार्यक्रममा सहभागी हुन पाउने बताइएको छ। सरकारी र सार्वजनिक जग्गामा व्यावसायिक खेती गराउन भाडामा दिइने जग्गाको अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिए पनि प्रदेशमा यस्तो जग्गा कति छ भन्ने यकिन तथ्यांक सरकारसँग छैन।

प्रदेशमा यसवर्ष वसन्ते मकैखेतीको क्षेत्र विस्तार गर्न लागिएको छ। दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकामा दानाको आयात घटाउँदै कृषकको आम्दानी वृद्धि गर्न अभियानकै रुपमा बसन्ते मकैखेती गर्न लागिएको हो।

कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको वसन्ते मकैखेती कार्यक्रममा किसानलाई बीउमा अनुदान र सिँचाइ तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने गरिएको छ। 'दाना उद्योगलाई चाहिने कच्चापदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले यो खेती विस्तार गर्न लागिएको हो', कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले भने, 'यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जाने अपेक्षा छ।'

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा गरी झन्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खेयामको मकै र वसन्ते मकैखेती गर्ने गरिएको तथ्यांक कृषि निर्देशनालयसँग छ। यसको उत्पादकत्व दुई दशमलव सात टन प्रतिहेक्टर रहेको छ। यसबाट वार्षिक एक लाख २२ हजार चार सय ३८ मेट्रिकटन मकै उत्पादन हुने गरे पनि उत्पादित मकै दाना उद्योगका लागि पर्याप्त नभएको बताइएको छ। 

बर्खे मकै खेती गरिएको क्षेत्रफलमध्ये झन्डै १५ प्रतिशतमा वसन्ते मकै खेती भइरहेको छ। यस वर्ष दोबर क्षेत्रफलमा वसन्ते मकै खेती विस्तार हुन लागेको छ। पहाडी जिल्लामा मकैलाई र तराईमा धानलाई मुख्य खाद्यान्न बाली मानिन्छ। भइरहेको मकैखेतीलाई निरन्तरता दिइ थप जग्गामा वसन्ते मकैखेती विस्तार गर्न लागिएको हो। हाईब्रिड जातको वसन्ते मकैखेती गर्दा उत्पादकत्व प्रतिहेक्टरमा चार टनभन्दा बढी लिन सकिने देखिएको कृषि प्राविधिकको भनाइ छ।

सुदूरपश्चिममा सञ्चालित दाना उद्योगले देशका अन्य प्रदेशका साथै भारतबाट दाना आयात गर्नुपर्ने अवस्था छ। स्थानीय क्षेत्रमै दाना पाउने वातावरण निर्माण गर्न सकिएमा उद्योग फस्टाउन मद्दत पुग्ने दाना उद्योगका सञ्चालकले बताएका छन्। रासस


प्रकाशित : शनिबार, मंसिर ९ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend