सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जर्मनी, अस्ट्रेलियालगायत देशमा सफल भइसकेको फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान नेपाल आउँदै 

शुक्रबार, मंसिर ८ २०८०
जर्मनी, अस्ट्रेलियालगायत देशमा सफल भइसकेको फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान नेपाल आउँदै 

विभिन्न देशमा सफल भइसकेको उक्त विद्युतीय भ्यान आउने भएको हो।

काठमाडौं- एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको १४ र १५ सिट क्षमताको विद्युतीय भ्यान नेपाल ल्याउने भएको छ। 

विभिन्न देशमा सफल भइसकेको उक्त विद्युतीय भ्यान आउने भएको हो। फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले विद्युतीय सवारीका साथै पेट्रोलियम सवारी पनि उपलब्ध गराउँदै आएको छ। 

फोटोनका यी विद्युतीय भ्यान जर्मनी थाइल्याण्ड, सिंगापुर र अष्ट्रेलिया बिक्री भइसकेको यो भ्यान एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले ल्याउन लागेको हो। 

कम्पनीका अनुसार आरामदायी यात्रा र सुरक्षाका हिसाबले विद्युतीय भ्यान उत्कृष्ट छ। कम्पनीले चाँडै नै यी विद्युतीय भ्यान र तिनको मूल्य सार्वजनिक गर्ने जनाएको छ।

एमएडब्लू वृद्धिले फोटोनका पिकअप, विद्युतीय लो रुफ भ्यान, विद्युतीय मिनी ट्रक र एम्बुलेन्स नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीले आकर्षक लुक्स र पर्फर्मेन्सले फोटोन नेपाली बजारमा फोटोनका विद्युतीय सवारी लोकप्रिय बन्दै गएको दाबी गरेको छ।


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend