शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने, विद्युत् नपुगेका ठाउँमा ‘सोलार सिस्टम’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ८ २०८०
images
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने, विद्युत् नपुगेका ठाउँमा ‘सोलार सिस्टम’
फाइल तस्बिर

'केन्द्रका कर्मचारी तथ्यांक संकलनमा रहेकाले तथ्यांक आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ'

images
images

जाजरकोट- जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।

images
images
images

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए।

images
images

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ। 

images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत उनले बताए।

'केन्द्रका कर्मचारी तथ्यांक संकलनमा रहेकाले तथ्यांक आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ', मन्त्री बस्नेतले भने। भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८००४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend