सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम

बिहीबार , मंसिर ७ २०८०
एभरेष्ट बैंकद्वारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले भैरहवाको मायादेवी गाउँपालिकास्थित जगदम्बा स्पिनिङ मिल्समा आफ्नो एटीएम सञ्चालनमा ल्याएको छ।

विशेष कार्यक्रमका बिच बैंकले जगदम्बा स्पिनिङको प्राङ्गणमा एटीएमको उद्घाटन गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्तरुपमा एटीएमको उद्घाटन गरेका हुन्।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटीएम सेवाले मिल्समा कार्यरत सम्पूर्ण मजदुर तथा कर्मचारीहरुसँगै उक्त गाउँपालिकाका स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे।

साथै सोही अवसरमाउक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको बैंकले जनाएको छ। बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्त्वसम्बन्धी जानकारी गराएका थिए।

यो सँगै बैंकको एटीएमको संख्या १ सय ६३ पुगेको छ। बैंकका १ सय २७ शाखा सञ्जाल छन्।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend