आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

खैरहनीका प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिहीबार , मंसिर ७ २०८०
images
खैरहनीका प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

images
images

काठमाडौं- चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, उपभोक्ता समितिका अध्यक्ष र  इन्जिनियरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकामा ऐन नियमविपरीत ६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images

अख्तियारले प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इन्जिनियर राजेश कोइराला र सबइन्जिनियर सुमन श्रेष्ठविरुद्ध ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ। निकुञ्च कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

images
images

यस्तै वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध १३ लाख ३१ हजार दुई सय १७ रूपैयाँ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ।

आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार नौ सय ५२ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। 

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले पर्यापर्यटनको विकास एवं विस्तारका लागि खैरहनी नगरपालिकाबाट विनियोजन भएको बजेट र समूहको आन्तरिक कोषबाट मध्यवर्ती सामुदायिक वन क्षेत्रमा कंक्रिट मचान निर्माण गर्ने भनी ऐन नियमविपरीत लज होटलको स्वरुपको १८ कोठे पाँचतले भवन निर्माण गरेको अख्तियारले जनाएको छ।

अन्य प्रयोजनका लागि नि:शुल्क काठ काटैर ढुवानी निकासी गरी लैजान अनुमति लिएर सोको दुरुपयोग गरी उक्त भवनमा समेत काठ प्रयोग गरेको, बुढी राप्ति उपभोक्ता समितिले उक्त भवनमा रकम खर्च गरेको अख्तियारको आरोप छ।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८०१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend