शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बाँकेको पानीमा आर्सेनिक

images
बिहीबार , मंसिर ७ २०८०
images
बाँकेको पानीमा आर्सेनिक

बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको मात्रा बढी भएको पाइएको छ।

images
images

खजुरा- बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ। पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको हो।

images
images
images

बाँकेको डुडुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिए। जिल्लाका केही स्थानका खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको उनले बताए।

images
images

'खानेपानीमा चुनको मात्रा बढी हुनुलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइपसमेत जाम हुनसक्छ', उनले भने, 'कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी देखिएको छ।'

images
images

पानी परीक्षणका क्रममा केही स्थानका खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको भन्दै शौचालय, गाईगोठ नजिक रहेका हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिएका प्रयोगशालाले जनाएको छ। 

प्रयोगशालाले स्थलगत रुपमा खानेपानीका नमूना संकलन गरी परीक्षण गरिरहेको जनाएको छ। हुम्ला, जुम्ला, डोल्पा र जाजरकोट क्षेत्रका खानेपानीको नमूना संकलन गरी प्रयोगशालाले गुणस्तर परीक्षण गर्दै आएको रेग्मीले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, खानेपानी उपभोक्ता समिति, गैरसरकारी संस्थालगायतले संकलन गरी ल्याएका नमूना पनि परीक्षण गर्ने गरिएको उनको भनाइ थियो।

खानेपानीको गुणस्तर परीक्षणका लागि विभिन्न सीमा तयार गरी पानीमा हुने अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ७ २०८०१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend