सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

बिहीबार , मंसिर ७ २०८०
सुनचाँदीको मूल्य स्थिर, कति छ तोलाको?

बुधबार प्रतितोला १४ सय ५५ रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला तीन सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय ५० रूपैयाँ कायम छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै बुधबार प्रतितोला १४ सय ५५ रूपैयाँ मूल्य तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend