आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सबैभन्दा धेरै आयकर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगततर्फ विजयकुमार शाह 

समग्रमा सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, वस्तु व्यापार वर्ग थपेर भाटभटेनीलाई पनि सम्मान 

images
बिहीबार , मंसिर ७ २०८०
images
सबैभन्दा धेरै आयकर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगततर्फ विजयकुमार शाह 

विभागले विभिन्न वर्गमा धेरै कर तिर्ने १६ दातालाई सम्मान गरेको छ। 

images
images

काठमाडौं- गएको आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा धेरै आयकर नेपाल टेलिकमले तिरेको छ। आन्तरिक राजस्व विभागले धेरै कर तिर्ने करदातामा नेपाल टेलिकमलाई सम्मान गरेको हो। 

images
images
images

विभागले विभिन्न वर्गमा धेरै कर तिर्ने १६ दातालाई सम्मान गरेको छ। 

images
images

त्यस्तै व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर विजयकुमार शाहले तिरेका छन्। जावलाखेल समूहका शाहले नेपालमा सबैभन्दा धेरै कर तिरेका हुन्। लामो समयदेखि शाह धेरै कर तिर्नेमा पर्दै आएका छन्। 

images
images

बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै कर तिरेको छ। त्यस्तै लघुवित्तमा छिमेक लघुवित्त रहेको छ। बीमामा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। 

पर्यटनमा भने गएको वर्ष मनकामना दर्शन प्रालिले धेरै आयकर तिरेको छ। ऊर्जातर्फ भोटेकसी, रेमिट्यान्समा आईएमई लिमिटेड, वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, स्वास्थ्य शिक्षामा नोबेल मेडिकल कलेज रहेका छन्।

यस्तै कृषितर्फ ओसीबी फूड्स एण्ड फिड्स प्रालिले कृषि एवं पशुजन्य उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेर सम्मान पाएको छ।

गएको वर्ष सबैभन्दा धेरै कर तिर्नेमा भने सूर्य नेपाल प्रालि रहेको छ। आयकर र  मूल्यअभिवृद्धि कर गरेर सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल रहेको छ। त्यस्तै सूर्य नेपाल समयमै भ्याट विवरण बुझाउने कम्पनी पनि हो। 

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका थिए।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend