सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

यो हप्ता डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले दश लाख नगद पाउने

बुधबार, मंसिर ६ २०८०
यो हप्ता डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले दश लाख नगद पाउने

मंसिर ११ गतेसम्म डीटीएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी यो योजनामा सहभागी हुन सकिनेछ।  

काठमाडौं- डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत आगामी हप्ता मेगास्टारको घोषणा हुने भएको छ। लक्की ड्रमार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनोट हुने कम्पनीले जनाएको छ।

यो वर्षको असोज १ देखि ११ मंसिर दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन्। यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद दश लाख, मिडियामा फेमश र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ।

यसअघि हरेक हप्ता सुपरस्टार बनेर नगद एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा कम्पनीले गरिसकेको छ। अब यो योजनाको अन्तिममा मेगास्टार बनेर नगद दश लाख जित्ने ग्राहकलाई अवसर छ।

मंसिर ११ गतेसम्म डीटीएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी यो योजनामा सहभागी हुन सकिनेछ।  

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे हुनेछ।


प्रकाशित : बुधबार, मंसिर ६ २०८००५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend