आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

विश्व मत्स्य दिवस : रुपा तालमा १० हजार माछाका भुरा छाडिए

images
मंगलबार, मंसिर ५ २०८०
images
विश्व मत्स्य दिवस : रुपा तालमा १० हजार माछाका भुरा छाडिए

ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन्।

images
images

गण्डकी- विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन्। मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन्।

images
images
images

‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’  नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन्। कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए। जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए।

images
images

रुपा ताल मत्स्यपालनका साथै सिपीमा मोती खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोती खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए।

images
images

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए। उत्पादनसँग व्यक्ति तथा जनतसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए।

कार्यक्रममा सिड फाउन्डेसनका पूर्वअध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर ५ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend