सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, मंसिर ५ २०८०
प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ। सोमबार तोलामा दुईसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको हो। 

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६ सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा पाँच रूपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend