शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
मंगलबार, मंसिर ५ २०८०
images
प्रतितोला पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ। सोमबार तोलामा दुईसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले वृद्धि भएको हो। 

images
images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६ सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा पाँच रूपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images


प्रकाशित : मंगलबार, मंसिर ५ २०८००५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend