बुधबार, साउन २ गते २०८१    
images
images
images

तनहुँमा एक वर्षमा थपिए एक अर्ब २५ करोडका ६०३ उद्योग, ६२८ जनाले पाए रोजगारी

कृषि उद्योगमा आकर्षण, १२ लाख राजस्व संकलन

images
सोमबार, मंसिर ४ २०८०
images
images
तनहुँमा एक वर्षमा थपिए एक अर्ब २५ करोडका ६०३ उद्योग, ६२८ जनाले पाए रोजगारी

दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी ६ सय २८ जनाले रोजगारी पाएका छन्। त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका छन्।

images

दमौली- तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कुल पुँजी एक अर्ब २५ करोड रूपैयाँभन्दा बढी छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ६ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रूपैयाँ रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ।

images
images

त्यसमध्ये स्थिर पुँजी ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालु पुँजी ५९ करोड ६१ लाख ५० हजार रूपैयाँ रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए। उनका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी ६ सय २८ जनाले रोजगारी पाएका छन्। त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ।

images

उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा १४ करोड ९८ लाख, तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा ८३ करोड छ लाख ७९ हजार पाँच सय रूपैयाँ, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा १२ करोड ६९ लाख ५० हजार रूपैयाँ, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा १३ करोड तीन लाख रूपैयाँ, तीन पूर्वाधार उद्योग दर्ता भएकामा एक करोड ५० लाख रूपैयाँ र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा ३० लाख रूपैयाँ पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए।

images

कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा छ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन्। ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रूपैयाँ रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ। 

१२ लाख राजस्व संकलन 

कार्यालयले उद्योग दर्ताबापत १२ लाख २७ हजार नौ सय रूपैयाँ राजस्व संकलन गरेको छ। उत्पादनमूलकतर्फ एक लाख २१ हजार रूपैयाँ, कृषि तथा वन पैदावरमा आधारित उद्योगतर्फ सात लाख १६ हजार नौ सय रूपैयाँ, पर्यटनतर्फ एक लाख ७० हजार रूपैयाँ, सेवातर्फ एक लाख ८५ हजार रूपैयाँ, पूर्वाधारतर्फ १५ हजार रूपैयाँ र सूचना तथा सञ्चार प्रविधिमा आधारिततर्फ  २० हजार रूपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।

कृषि उद्योगमा आकर्षण

कार्यालयमा उक्त वर्ष उद्योग दर्ता घटे पनि कृषि तथा वन पैदावरमा आधारित उद्योगमा भने आकर्षण बढेको छ। देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्नेक्रम घटेको हुनसक्ने कार्यालय प्रमुख सुवेदीको भनाइ छ। 

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका उनले बताए। आव २०७९/८० मा जिल्लामा सबैभन्दा बढी कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका सुवेदीले जानकारी दिए। उनका अनुसार आव २०७९/८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् भने एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएका छन्। 

जिल्लामा दर्ता हुने उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ धेरै हुने गर्दछ। कृषि उद्योगतर्फ युवाको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको प्रमुख सुवेदीको भनाइ छ। उनले भने, 'वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्। यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ।' उनका अनुसार कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारीखेतीतर्फ आकर्षण बढ्दो छ।

गत आव २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएको थियो। त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय १०, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग रहेका कार्यालयले जनाएको छ। आव २०७७/७८ मा दुई हजार एक उद्योग दर्ता भएको थियो। रासस


प्रकाशित : सोमबार, मंसिर ४ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend