आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

गैँडा मारिएको घटनामा छानबिन गर्न टोली चितवनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ४ २०८०
images
गैँडा मारिएको घटनामा छानबिन गर्न टोली चितवनमा

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेका थिए।

images
images

चितवन- वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ। 

images
images
images

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो।

images
images

उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सुक्ष्मरुपमा अध्ययन गरिएको छ। आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ। 

images
images

मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले जानकारी दिए। यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ। ढकालले भने, 'हामी सूष्मरुपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छाैं।'

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो। 

समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन्।

आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए। 

राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो। बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए। 

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेका थिए। रासस


प्रकाशित : सोमबार, मंसिर ४ २०८००५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend