शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कञ्चनजंघा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३ २०८०
कञ्चनजंघा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे

गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनाम चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए।

फुङ्लिङ- विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ। कोरोनाको सङ्क्रमणका कारण  करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चनजंघा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा सय जना विदेशी पर्यटक आएका छन्।

यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए। असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजंघा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ। विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ।

गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनाम चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए।

आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन। पर्यटकको आगमनले कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए। स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन्।

वर्षको दुई याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन्। अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए। रासस 


प्रकाशित : आइतबार, मंसिर ३ २०८०१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend