शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ३ २०८०
पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा

टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको हो।

गण्डकी- ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ।

हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो।

यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिए।

टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उनले बताए।

विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले साइकल यात्राका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताए।

टोलीले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेको छ। रासस


प्रकाशित : आइतबार, मंसिर ३ २०८००४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend