आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सरकारको खुकुलो नीतिका बीच घरजग्गा कारोबारमा झनै गिरावट, मूल्य अझै घट्ने संकेत

images
शनिबार, मंसिर २ २०८०
images
सरकारको खुकुलो नीतिका बीच घरजग्गा कारोबारमा झनै गिरावट, मूल्य अझै घट्ने संकेत

विभागका अनुसार कात्तिक महिनामा देशभर २६ हजार घरजग्गा किनबेच हुँदा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ भने १५ हजार २५९ वटा घरजग्गा फुकुवा भएको छ। 

images
images

काठमाडौं- सरकारको खुकुलो नीतिका बाबजुद घरजग्गा कारोबारमा गिरावट आएको छ। साउनदेखि नै घटिरहेको घरजग्गा कारोबार कात्तिकमा आइपुग्दा झनै ओरालो लागेको हो। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७ सय ९३ वटा घरजग्गा किनबेच भएको थियो। तर कात्तिकमा आइपुग्दा कित्ताकाट घटेर २६ हजार २६ मा सीमित भएको छ।

images
images

यसले घटिरहेको घरजग्गाको मूल्यमा थप प्रभाव पर्ने देखिएको छ। तीन वर्षदेखि ओरालो लागेको घरजग्गा कारोबार अझै बढ्न नसकेपछि मूल्यमा थप गिरावट आउने अनुमान गरिएको हो। 

images
images

कित्ताकाट खोले पनि घरजग्गा कारोबार भने झनै घटेको छ। साउनमा भन्दा भदौमा घरजग्गा कारोबार घटेको भए पनि असोजमा केही सुधार देखिएको थियो। तर यो कात्तिकमा भने घटेको हो।

विभागका अनुसार कात्तिक महिनामा देशभर २६ हजार घरजग्गा किनबेच हुँदा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ भने १५ हजार २५९ वटा घरजग्गा फुकुवा भएको छ। 

भदौ महिनामा ३५ हजार ६ सय ८६ वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ। सरकारले गत साउन ३० गते कित्ताकाट पुरानै अवस्थामा खोल्ने निर्णय गरेको थियो। सरकारले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरे पनि कार्यान्वयनमा नआएपछि कित्ताकाट खुलाउन पुनः अर्को निर्णय गरिएको थियो। 

वर्षौँदेखि अव्यवस्थित जग्गाको नीतिलाई व्यवस्थित गर्न डेढ वर्षअगाडि लिइएको नीतिलाई पुनः भत्काउने गरी सरकारले निर्णय गरेको थियो। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ने अनुमान विपरीत कारोबार घटिरहेको छ।

कात्तिक महिनामा राजस्वासमेत घटेको छ। कात्तिकमा घरजग्गाबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। विभागले १ अर्ब ३७ करोड ८ लाख रुपैयाँ रजिष्ट्रेसन दस्तुर, ७७ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर र अन्य विभिन्न सेवाबापत गरी २ अर्ब बढी राजस्व संकलन गरेको हो।


प्रकाशित : शनिबार, मंसिर २ २०८००९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend