आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० रिट, सोमबार सुनुवाइ हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १ २०८०
images
टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० रिट, सोमबार सुनुवाइ हुने

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन्।

images
images

काठमाडौं- नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।

images
images
images

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध रिट निवदेन दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

images
images

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ।

images
images

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयको देशभर विरोधसमेत भइरहेका छन्। यद्यपि टिकटक प्रयोगकर्ताहरूले विभिन्न विकल्प प्रयोग गर्दै टिकटक भिडियो बनाइरहेका छन्। 


प्रकाशित : शुक्रबार, मंसिर १ २०८०१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend