आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचकमा पनि आकर्षक सुधार

images
शुक्रबार, मंसिर १ २०८०
images
ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचकमा पनि आकर्षक सुधार

ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २३ करोड  ४६ लाख नाफा गरेको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो।

images
images

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २३ करोड  ४६ लाख नाफा गरेको छ। यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १५ प्रतिशत वृद्धि भएको हो।

images
images
images

गत आवमा कम्पनीले २० करोड २७ लाख नाफा कमाएको थियो। चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगे नाफा बढ्न टेवा पुगेको हो।

images
images

गत आवको तुलनामा चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी ४ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ। गत आवमा कम्पनीले विद्युत विक्रीबापत  ५२ करोड २१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर ५४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। 

images
images

चालू आवमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा, मूल्य आम्दानी अनुपात ४४ दशमलव ८८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १४ रुपैयाँ ७३ पैसा छ।

चुक्ता पूँजी ३ अर्ब १२ करोड रहेको कम्पनीले जगेडामा  ४६ करोड १ लाख सञ्चिति गरेको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीको जगेडामा  १० करोड ९२ लाख सञ्चिति गरेको थियो।


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend