आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्नेमा बन्द गर्नु गलत भाे’

images
बुधबार, कात्तिक २९ २०८०
images
‘टिकटकलाई करको दायरामा ल्याउनुपर्नेमा बन्द गर्नु गलत भाे’

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ।

images
images

काठमाडौं-कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ।

images
images
images

क्यानले आज एक विज्ञप्ति निकालेर  साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती दुवै ल्याउने वास्तविकतालाई दृष्टिगत गरी निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ। 

images
images

‘नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ।

images
images

निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,’ डिजिटल नेपाल निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २९ २०८०१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend