आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

आँबुखैरेनीमा उत्पादित सयपत्री कतार निर्यात, किसान उत्साहित

images
मंगलबार, कात्तिक २८ २०८०
images
आँबुखैरेनीमा उत्पादित सयपत्री कतार निर्यात, किसान उत्साहित

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो। पहिलो चरणमा प्रतिमाला एक सय ५० रूपैयाँका दरले कतार पठाइएको छ।

images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन्। आँबुखैरेनी-१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो।

images
images
images

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, 'यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो। गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ।'

images
images

पहिलो चरणमा प्रतिमाला एक सय ५० रूपैयाँका दरले कतार पठाइएको छ। अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए। फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ। अध्यक्ष चुमानले भने, 'पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ।'

images
images

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ। गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ। गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडी बढाएको छ। सोहीबमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ। उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए।

गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी-३ मा हाटबजार सञ्चालनमा ल्याएको छ। उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ। गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो।

गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो पाँच सय रूपैयाँसम्म बिक्री भइरहेको छ। स्थानीय स्तरमा किलोको दुई सय रूपैयाँसम्म बिक्री गरिँदै छ। यस्तै एउटा माला ८० रूपैयाँसम्ममा बिक्री भइरहेको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २८ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend