शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

४ महिनामा ४४ अर्ब ५९ करोडका सवारी तथा पार्टपुर्जा आयात, विद्युतीय कार आयात बढ्यो

बुधबार, मंसिर ८ २०७८
४ महिनामा ४४ अर्ब ५९ करोडका सवारी तथा पार्टपुर्जा आयात, विद्युतीय कार आयात बढ्यो

चालु आवको पहिलो चार महिनामा विद्यु्तीय कार ६ सय ७३ वटा आयात भएको छ।

काठमाडौ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा ४४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। 

सवारीसाधनको आयात पछिल्लो समय बढ्दै गएको छ। गत वर्ष कोरोना महामारीका कारण सवारीसाधनको आयात केही घटेको थियो। 

चालु आवको पहिलो चार महिनामा विद्यु्तीय कार ६ सय ७३ वटा आयात भएको छ। उक्त कारको मूल्य २ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको भन्सार विभागले जनाएको छ। 

त्यस्तै चालु आबको साउनदेखि कात्तिकसम्म १ लाख २५ अजार ९ सय ८ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको छ। यो तथ्यांकमा एसेम्बल्ड तथा अनएसेम्बल्ड दुबै अवस्थाका मोटरसाइकल तथा स्कुटर छन्। 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend