शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चीनका तीन सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने चिनियाँको तयारी

ल्हासा, छेन्दु र गोन्जाउबाट पोखरामा उडानको अध्ययन गर्न टोली आउँदै

सोमबार, कात्तिक २७ २०८०
चीनका तीन सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने चिनियाँको तयारी

२०७९ पुस १७ मा उद्घाटन गरेको उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भने ६ महिनापछि गत असार ६ मा भएको थियो।

काठमाडौं- चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमा चासो दिएको छ। विमानस्थल निर्माणमा सहुलियत ऋण उपलव्ध गराएको चीनले चिनियाँ विभिन्न सहरबाट उडानमा चासो दिएको हो। जसका लागि चीनका विभिन्न सहरदेखि पोखरासम्मको उडानका लागि अध्ययन गर्न चीन सरकारले प्राविधिक टोली नेपाल आउने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा चीनका तीन सहरबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अनुरोध गरिएको छ। तिब्बतको ल्हासा, छेन्दु र गोन्जाउबाट पोखरामा उडानका प्रक्रिया अगाडि बढेको हो। जसका लागि चिनियाँ पक्षले अध्ययान गरेर सुझाव दिने छ।

त्यसपछि तीन गन्तव्यबाट नियमित उडान सुरु हुने छ। ठूला भन्दा पनि एयरबस ३१९ जहाज मोडलका जहाज मार्फत पोखरा विमानस्थल उडान सहज हुने बताइँदै आएको छ। सोहीअनुसार चिनियाँ पक्षले अध्ययन गर्न लागेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई सेवा गर्न चिनियाँ पक्ष सकारात्मक रहेको छ। चिनियाँ पक्षले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत रहेको बताउँदै विमानस्थल सञ्चालनमा पनि सहयोग गर्ने बताउँदै आएको छ। 

सन् २०१६ मा चीनको एक्जिम बैंकबाट २१५.९६५ मिलियन अमेरिकी डलर ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ पुस १७ मा उद्घाटन गरिएको थियो। उद्घाटन भए पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन।

अन्तर्राष्ट्रिय रूपमा बनाइदिएका पूर्वाधारमाथि प्रश्नहरू उठिरहेपछि चीनले थप सक्रियता देखाउन थालेको हो। चीनका तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनदेखि सिधा उडानका लागि चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेपछि थप प्रक्रिया अगाडि बढ्ने छ। 

२०७९ पुस १७ मा उद्घाटन गरेको उक्त विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भने ६ महिनापछि गत असार ६ मा भएको थियो।

त्यतिबेला चीनको सिचुवानबाट पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागिता जनाउन चिनियाँ सहभागीहरू चीनदेखि चार्टर्ड विमानमा आएका थिए। त्यसपछि भदौ २३ मा भुटानको विमान ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान गरेको थियो।

भ्रामक आरोप होइन यथार्थ : कसरी बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल? भ्रामक आरोप होइन यथार्थ : कसरी बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल?


प्रकाशित : सोमबार, कात्तिक २७ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend