शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होटल फरेष्ट इनको लागत १ अर्ब ३३ करोड

बिहीबार , कात्तिक ३० २०८०
होटल फरेष्ट इनको लागत १ अर्ब ३३ करोड

होटलको लगानी १ अर्ब ३३ करोड २० लाख अनुमान गरिएको छ। होटलमा १०५ वटा कोठा तथा १६३ वटा वेड रहने छ। उक्त होटल पाँच तारे स्तरको हुनेछ।

काठमाडौं- काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर १ मा निर्माण होटल फरेष्ट इनको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।

फरेष्ट इन प्रालिले प्रस्ताव गरेको होटलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले साय सुझावका लागि सार्वजनिक गरेको हो।

होटलको लगानी १ अर्ब ३३ करोड २० लाख अनुमान गरिएको छ। होटलमा १०५ वटा कोठा तथा १६३ वटा वेड रहने छ। उक्त होटल पाँच तारे स्तरको हुनेछ।

होटलका लागि प्रस्तावित  क्षेत्रफल २ हजार ९ सय ६८ वर्गमिटर रहेको छ। होटलको कुल विल्ड अप एरिया १३ हजार २ सय ६५ र ओपन स्पेस यरिया १० हजार २ सय ९६ मिटर रहेको छ।

होटलमा ६ वटा भवन निर्माण हुनेछ। सबैभन्दा अग्लो भवन ब्लक सी र डी  रहने छ।यी २ वटै भवन पाँच तले निर्माण हुने छ। होटलमा ९१ पटा डिलक्स रुम, ६ वटा सुइट कोठाहरु, ६ वटा किंग साइज बेडहरु भएका कोठाहरु  र २ वटा क्लब कोठाहरु रहेने छ।

होटलमा ४ वटा पर्यटकीय बस, ३ सय वटा दुई पाङग्रे सवारी साधन र १ सय वटा चार पाङग्रे सवारी पार्किङ गर्न मिल्ने संरचना निर्माण हुने छ। होटलमा १ सय सिट क्षमताको रेष्टुराँ तथा बार रहने छ।  


प्रकाशित : बिहीबार , कात्तिक ३० २०८००१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend