आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई सहयोग

images
आइतबार, कात्तिक २६ २०८०
images
गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई सहयोग

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता सहयोग गरेको छ।

images
images

काठमाडौं- गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता सहयोग गरेको छ। गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भूकम्पमा भएको मानविय क्ष्यतिप्रति गोल्डस्टारले भूकम्पपीडित सहयोग प्रदान गरेको हो।

images
images
images

सङ्कटको घडीमा नेपाली दाजुभाइतथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै गोल्डस्टारले विनाशकारी भूकम्पमा पर्नुभएका पीडितहरुकालागि ३५ लाख रुपैंया मात्र बराबरको  १०,००० (अक्षरुपी दश हजार मात्र) थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हा े। 
गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भनिन, ‘जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं।  हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको  हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौं।’

images
images

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो। मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ। 

images
images


प्रकाशित : आइतबार, कात्तिक २६ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend