शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २६ २०८०
पर्यटन प्रवर्द्धन गर्न पोखरामा भाइटीका महोत्सव

‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको हो।

गण्डकी- संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल संघ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ।

‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आइएको अध्यक्ष सुवेदीले बताए। कोभिड-१९ लगायत विविध कारण पर्यटन मारमा परिरहेको उल्लेख गर्दै उनले पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे। 

संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीकामहोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिए।

महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएर टीका लगाउन आउने अपेक्षा गरिएको उल्लेख गर्दै संयोजक पाण्डेले महोत्सव पोखराका लागि अर्को महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा विकास भएको बताए। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले संघले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २६ २०८००६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend