आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

मुस्ताङमा हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे, ३० लाखभन्दा बढीको क्षति

images
शनिबार, कात्तिक २५ २०८०
images
मुस्ताङमा हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे, ३० लाखभन्दा बढीको क्षति

रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो।

images
images

म्याग्दी- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन्। मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए।

images
images
images

'रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो', उनले भने, '३० लाख रूपैयाँभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ।' वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ। घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ।

images
images

मुस्ताङमा हिमचितुवाले पुर्‍याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।

images
images

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो। मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्यांक छैन। ढाक्मर गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए।

गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकको ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्यांक छ। रासस


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend