शुक्रबार, मंसिर २२ गते २०८०    

दराजसँग नबिल बैंकको ईएमआई अभियान

images
images
दराजसँग नबिल बैंकको ईएमआई अभियान

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतरिक्त लागत बिना किस्ता सुविधा पाउने छन्। तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ।

काठमाडौं- नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिनाशुल्क ईएमआई अभियान सुरु गर्ने भएको छ। यो साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा बिना शुल्क ईएमआईमा रूपान्तरण गर्न सक्नेछन्।

images
images
images

नबिल बैंकले यस सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ। ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्।

images

ग्राहकहरूले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन्। यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ। यसबाहेक, ईएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाएर [email protected] मा आवेदन दिनुपर्नेछ। 

images

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतरिक्त लागत बिना किस्ता सुविधा पाउने छन्। तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ।

images

साथै, नबिल बैंकले दराजको ११.११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ। ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो। बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ।


प्रकाशित : शनिबार, कात्तिक २५ २०८००६:५५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ