शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युतीय कारमा आक्रामक टाटा, ५ सय कीमी रेन्ज दिने अल्ट्रोज ल्याउने

बुधबार, मंसिर ८ २०७८
विद्युतीय कारमा आक्रामक टाटा, ५ सय कीमी रेन्ज दिने अल्ट्रोज ल्याउने

टाटाले २०२२ को जुन भित्रमा अट्रोज इभी बजारमा ल्याउन बताएको छ। 

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय कार उत्पादनमा आक्रामक देखिएको छ। कम्पनी टाटा नेक्सनको द्यिद्युतीय भर्सन सार्वजनिक गरिसकेको छ। नेक्सन इभी नेपाली बजारमा समेत उपलब्ध रहेको छ। 

टाटा मोटर्सले आगामी वर्ष अल्ट्रोजको विद्युतीय भर्सन ल्याउने भएको छ। टाटाले २०२० को अटो एक्सपोमा अल्ट्रोजको विद्युतीय भर्सन सोकेस गरेको थियो। टाटाले २०२२ को जुन भित्रमा अट्रोज इभी बजारमा ल्याउन बताएको छ। 

टाटाले जिपट्रोन टेक्नोलोजीमा आधारित रहेर अल्ट्रोज ह्याचब्याक कारको विद्युतीय भर्सन ल्याउने भएको हो। टाटाको नेक्सन इभी, टिगोर इभी बजारमा उपलब्ध रहेका छन्। हाल उपलब्ध रहेका टाटाका विद्युतीय कार २ सय ५० कीमीदेखि ३ सय कीमीसम्म रहेका छन्। 

अल्ट्रोज इभीमा टाटाले हाल उपलब्ध विद्युतीय कार रहेका ब्याट्रीको तुलनामा ठूलो ब्याट्री प्याक हुने छ। जसले ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। पछिल्लो पटक टाटाले नेक्सन इभीको समेत रेन्ज बढाएको छ। एआएआईले नेक्सन इभीको रेन्ज ३ सय १२ किलोमिटर प्रमाणित गरेको छ।  


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend