सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्री प्रदान 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २४ २०८०
अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्री प्रदान 

सोही कुरालाई ध्यानमा राखेर संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि  १६ टन राहत सामग्री उपलब्ध गराएको छ।

काठमाडौं- सीजी होल्डिंस अन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउण्डेशन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ। 

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जीवन निकै कष्टकर बन्दै गएको छ। 

उक्त क्षेत्रमा आधारभूत आवश्यकता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवासको अभाव रहेको छ। सोही कुरालाई ध्यानमा राखेर संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ। संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर राउतलाई सिधै हस्तान्तरण गरेको हो। 

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छापूर्वक एक दिनको तलब उपलव्ध गराइ राहत प्याकेजमा योगदान दिएका हुन्। 

संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ। 

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend