शनिबार, साउन १२ गते २०८१    
images
images
images

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

images
बिहीबार , कात्तिक २३ २०८०
images
images
होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन्।

images

पोखरा- एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ। पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो।

images
images

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन्।

images

रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मालगायतको उपस्थिति थियो।

images

होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधासम्पन्न होटलहरु मध्यमा पर्न सफल छ। होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए। होटलमा सिंगल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन्।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८०१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend