आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने

images
बिहीबार , कात्तिक २३ २०८०
images
भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।

images
images

भेरीगंगा- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रूपैयाँ रकम सहयोग गर्ने भएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख सहयोग गर्ने निर्णय गरेको हो।

images
images
images

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट एक/एक लाख गरी १६ लाख र नगरपालिकाकोतर्फबाट १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।

images
images

नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ।

images
images

दैलेखको डुंगेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई ५० हजार रूपैयाँ सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८०१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend