आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

भूकम्पबाट आठविसकोटमा मात्रै चार हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त

images
बिहीबार , कात्तिक २३ २०८०
images
भूकम्पबाट आठविसकोटमा मात्रै चार हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त

गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ।

images
images

रुकुम पश्चिम- गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा त्रिपालको सहारामा चिसो रात कटाउन बाध्य भएका छन्।

images
images
images

भूकम्पले घरमा पूर्णरुपमा क्षति पुर्‍याउँदा शनिबारदेखि नै त्रिपाल सहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठविसकोट नगरपालिका-१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताए। त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो।

images
images

गत शुक्रबार गएको भूकम्पले आठविसकोट नगरपालिकाकामा चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए। उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र  अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

images
images

नगरपालिकामा भएका जम्मा ८ हजार ६ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो। भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ। सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन्। त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नमा पनि ठूलो क्षति पुगेको छ।

घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति हुनाका साथै १४ वटा भैँसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ। गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend